मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २८, २०८०
  • 418
    SHARES

भैरहवा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उहाँले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गर्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न उहाँले निर्देशन दिनुभयो ।

उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)