मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 30
    SHARES

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेश सभामा विश्वासको मत लिदै हुनुहुन्छ ।

दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । चैत २३ गते मुख्यमन्त्रीमा महरा नियुक्त हुनुभएको थियो ।

महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसदगरी ४८ जना प्रदेश सभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राब्धान छ ।

महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीले तीन जना मन्त्री समेत नियुक्त गरिसक्नु भएको छ । तर, उहाँहरुको जिम्मेवारी भने तोकिएको छैन् । एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्नु भएको छ ।
विश्वासको मत पाएपछी मात्रै मन्त्रीको जिम्मेवारी तोकिने र थप मन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्रीको छ । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ मा राजिनामा दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }