मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी सरकारबाट बाहिरियो जसपा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ९, २०८१
  • 191
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट सत्ता साझेदार दल जनता समाजवादी पार्टी बाहिरिएको छ । सरकार गठनका बेला भएको सहमति कार्यान्वय नभएको भन्दै जसपाले सरकार छाडेको हो ।

जसपाको तर्फबाट कृषिमन्त्री बनेका भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिनु भएको छ । मन्त्रीबाट हटेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जसपाले जनाएको छ ।

मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुअघि जसपालाई २ मन्त्रालय दिने भनिएपनि अन्तिममा एउटा मात्र मन्त्री दिएको भन्दै जसपा असन्तुष्ट रहेको थियो । अहिर २५ चैतमा विनाविभागीय मन्त्री नियुक्त भै ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)