मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाँच सय १२ जनाले लिए आरोहण अनुमति


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 38
    SHARES

काठमाडौं । हिमाल चढ्ने मौसम सुरु भएसँगै पाँच सय १२ जनाले आरोहणको अनुमति लिएका छन् । विभिन्न १९ हिमाल आरोहणका लागि ५ सय १४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको हो ।

अनुमति लिएका मध्ये ३९६ जना पुरुष र ११६ जना महिलाहरुको ५५ वटा टोलीले हिमाल आरोहण गर्ने विभागले जनाएको छ । पर्यटकहरुले सगरमाथा, अन्नपूर्ण १, हिमलुङ, जुगल ३, अमा दब्लम, पुथा हिमचुली, खाङ्ग्री सार, कञ्चनजंगा, धौलागिरी, तेङ्गपोचे, तेङ्कोमा, मकालु, लोत्से, जुगल १, जुगल ५, जुगल २, पुमोरी, लिङट्रेन, थोराङ पिक लगायतका हिमालमा आरोहणका लागि अनुमति लिएको विभागको तथ्यांकमा जनाइएको छ ।

विश्वको सर्वोच्च शिखर मानिने सगरमाथा आरोहणका लागि सर्वाधिक २०९ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये १७० जना पुरुष र ३९ जना महिला रहेको विभागले जनाएको छ । त्यस्तै, अमा दब्लमका लागि ६६ जना, ल्होत्सेका लागि ५५ जना, मकालु ‘क’ का लागि ४५ जना, कञ्चनजंघाका लागि ३१ जना आरोहीले आरोहणको अनुमति लिएको विभागले जनाएको छ ।

हिमाल आरोहण गर्ने सो आरोहीहरुबाट सरकारले ३४ करोड ४३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । जसमध्ये सगरमाथाका आरोहीहरुबाट मात्रै २९ करोड ७५ लाख रुपैयाँ संकलन गरिएको विभागले जनाएको छ । त्यस्तै, ल्होत्सेका आरोहीबाट १ करोड ३१ लाख रुपैयाँ, मकालु ‘क’ का आरोहीबाट १ करोड ७ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ ।

८ हजार मिटर माथिका विश्वका १० हिमालमध्ये ८ वटा नेपालमा पर्छन् । जसका कारण नेपाल विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तब्यको रुपमा चिनिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }