शनिबार, बैशाख २२, २०८१

संसदीय छानबिन समिति बनाउन कांग्रेस नेता सिंहको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 39
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसदीय छानबिन समिति बनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका-१० इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम’मा सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि प्रहार गर्न खोजेको उहाँले बताउनुभयो ।

सहकारी प्रकरणमा सरकारका मन्त्रीहरुमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास रहेकाले सरकारले छानबिन समिति बनाउनुपर्नेमा जोड दिनुभयो । “सरकारले छानबिन समिति नबनाएर संसद्को क्षेत्राअधिकारमाथि प्रहार गरिरहेको छ,” उहाँले भन्नुभयो ।

संसदीय छानबिन समिति नबनेसम्म कांग्रेस आफ्नो मुद्दाबाट पछि नहट्ने उहाँको भनाइ थियो । नेता सिंहले कांग्रेसका कारण भन्दा सरकारको कारण अहिले संसद् चल्न नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले कांग्रेससँग जनताको धेरै आशा र भरोसा भएकाले कांग्रेस सुध्रिएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । युवालाई उत्पादनसँग जोड्न सकेमात्र देशले विकास हासिल गर्ने र विदेशिने युवाको सङ्ख्यामा कमी आउने बताउनुभयो ।

राजनीतिक स्थायित्व नभएको अवस्थामा गरिने लगानी सम्मेलनले लगानीको वातावरण बन्न नसक्नेसमेत पूर्व उपप्रधानमन्त्री सिंहले बताउनुभयो । मुलुकमा भएका राजनीतिक दल जिम्मेवार बनेर देशलाई निकास दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }