बिहिबार, बैशाख २०, २०८१

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 34
    SHARES

काठमाडौँ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई जितको लागि १४४ रनको लक्ष्य दिएको छ ।

ओमनमा जारी प्रिमियर कपमा टस जितेर पहिला ब्याटिङ​ गरेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रन बनायो ।

मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । उनले ५५ बलमा ३ चौका र ४ छक्का हिर्काए । यस्तै, शर्भिन मुनियान्डीले ४१ रन जोड्दा मुहम्मद आमिरले १६ रन बनाए । साएद अजिजले ६ रन बनाउदा नज्मुस सकिब ८ रनमा नट आउट रहे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }