मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छः प्रमुख जिल्ला अधिकारी बस्नेत


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 33
    SHARES

 

काठमाडौं ।नयाँ वर्षको शुरुवातदेखि २४ सै घण्टा खुला गर्न लागिएको ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

 

शुक्रवार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले २०८१ साल वैशाख १ गतेदेखि काठमाडौं जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रीकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था मजबुत बनाइएको बताउनु भयो । उहाँले जिल्ला सुरक्षा समितिले रात्रीकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरुको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति रहेपनि अब सबै किसिमका व्यवसायहरु सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने बताउनु भयो । उहाँले व्यवसाय सञ्चालनका लागि पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहीता तथा मापदण्ड, २०८० स्वीकृत गरेको बताउनु भयो । उहाँले आचारसंहीतामा व्यवसायीहरुको पालना गर्नुपर्ने आचारसंहीता, उपभोक्ताहरुले पालना गर्नुपर्ने आचारसंहीता, त्यहाँ कार्यरत श्रमीकहरुले पालना गर्नुपर्ने आचारसंहीता, स्थानीय बासिन्दाहरुको अधिकार र दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्वन गर्नुपर्ने विधि, प्रक्रियाहरु उल्लेख गरिएको बताउनु भयो । उहाँले र विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित बनाइने बताउनु भयो । उहाँले ठमेल क्षेत्रभित्र व्यवसायिक मात्रै नभइ स्थानीयहरुको बसोवास रहेको क्षेत्र पनि भएकाले स्थानीय बासिन्दाहरुको अवसरलाई समेत असर नपर्नेगरी व्यवस्था मिलाइएको बताउनु भयो । रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने साउण्ड पोलुसनलाई व्यवस्थित गर्ने, पूर्ण साउण्ड पोलुसन हुन नदिने गरी व्यवस्था मिलाउने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय निश्चित समयसम्मको लागि मात्रै लाइभ म्युजिक सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गर्नेकुरा आचारसंहीतामा राखेको बताउनु भयो । उहाँले स्थानीहरुले ध्वनी प्रदुषणको कुरा उठाएको भन्दै क्षेत्र सो भित्रको भगवान बहालमा स्थानीयको बढी बसोवास भएकाले उक्त क्षेत्रलाई रात्रीकालीन पूर्ण रुपमा सञ्चालन गर्ने क्षेत्रबाट टाढा राख्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले २०८१ साल वैशाख १ गतेदेखि काठमाडौं जिल्लाको ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रीकालीन समयमा समेत व्यवसाय सञ्चालन गर्नेगरी खुला गर्ने तयारी गरेका छौँ । यसको लागि यसअघि जिल्ला सुरक्षा समितिले रात्रीकालिन समयमा मनोरञ्जनात्मक व्यवसायहरुको लागि विभिन्न समय तोकेर खुला राखेको स्थिति थियो । त्यहाँ सबै किसिमका व्यवसाय सञ्चालन भएका थिएनन् । अब हामीले ति क्षेत्रहरुमा सबै किसिमका व्यवसायहरु सञ्चालन गर्नेगरी बजार नै खुला राख्ने हिसावले अघि बढेका छौँ । त्यसका लागि अहिले हामीले पूर्ण समय व्यवसाय सञ्चालन गर्ने सम्बन्धी आचारसंहीता तथा मापदण्ड, २०८० स्वीकृत गरेका छौँ । त्यो मापदण्डमा हामीले व्यवसायीहरुको पालना गर्नुपर्ने आचारसंहीता, उपभोक्ताहरुले पालना गर्नुपर्ने आचारसंहीता, त्यहाँ कार्यरत श्रमीकहरुले पालना गर्नुपर्ने आचारसंहीता, स्थानीय बासिन्दाहरुको अधिकार र दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्वन गर्नुपर्ने विधि, प्रक्रियाहरु उल्लेख गरेका छौँ । आचारसंहीता र मापदण्डमा उल्लेखित विषयहरुको पूर्ण परिपालना र कार्यान्वयनका आधारमा ति क्षेत्रको त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था पनि सँगसँगै मिलाउने व्यवस्था गरेका छौँ । त्यसको लागि जिल्ला सुरक्षा समितिले निर्णय नै गरेर त्यो क्षेत्रमा विशेष सुरक्षा योजना तर्जुमा गरेका छौँ र विशेष सुरक्षा योजना भित्र अहिले पर्यटक प्रहरीको कन्सेप्ट जुन पहिलादेखि नै त्यहाँ छ, त्यो पर्यटक प्रहरीको कन्सेप्टलाई स्टे«न्थेन बनाएर लैजाने र हाम्रो साविक बमोजिमको संयन्त्रले गरिराखेको कामलाई थप प्रभावकारी बनाउने र त्यो क्षेत्रमा सबै नाकाहरुमा गस्ती गर्ने र त्यहाँ भित्र कुनै अपराधिक घटना हुन नदिने, त्यहाँ भित्र कुनैपनि अमर्यादित गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाएका छाँै । आचारसंहीता मापदण्ड र सुरक्षा योजना सँगसँगै कार्यान्वयनमा ल्याउँछौँ । ठमेल क्षेत्रभित्र व्यवसायिक मात्रै नभएर स्थानीयहरुको बसोवास रहेको क्षेत्र पनि भएकाले स्थानीय बासिन्दाहरुको अवसरलाई समेत असर नपर्नेगरी त्यहाँ हुने रात्रीकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने साउण्ड पोलुसनलाई व्यवस्थित गर्ने, पूर्ण साउण्ड पोलुसन हुन नदिने गरी व्यवस्था मिलाउने, खुला स्थानमा लाइभ म्युजिक गरेर मनोरञ्जनात्मक कार्यक्रमसहितका व्यवसाय सञ्चालन भइरहेका छन्, ति व्यवसायहरुले खुला रुपमा निश्चित समयसम्मको लागि मात्रै लाइभ म्युजिक सञ्चालन गर्न पाउने र म्युजिक बन्द गरेर व्यवसाय सञ्चालन गर्नेकुरा आचारसंहीतामा राखेका छाँै । स्थानीहरुले ध्वनी प्रदुषणको कुरा उठाउनुभएको छ, रातिको समयमा हामीले सुत्न पाएका छैनौँ, भन्ने गुनासो छ । ठमेल क्षेत्र भित्रको खासगरी भगवान बहाल भन्ने स्थानीयको बढी बसोवास भएको छ, त्यो क्षेत्रलाई रात्रीकालीन पूर्ण रुपमा सञ्चालन गर्ने क्षेत्रबाट टाढा राख्न खोजेका छौँ ।’

 

उहाँले ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसाय खुला रहेको ठाउँमा प्रयोग गर्नका लागि अहिले प्रयोगमा रहेको शौचालयलाई निश्चित संकेत दिएर सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्नेगरी व्यवस्था गर्न लागिएको बताउनु भयो । रात्रीकालीन समयमा यातायातको साधनहरु अभाव हुने र बजारबाट फर्किन्का लागि समस्या हुनेकुरालाई मध्यनजर गरी नगरबस, ट्याक्सी, अनलाइन सवारी साधन सञ्चालन गर्ने विषयमा गम्भीर भएर व्यवस्थापनमा लागेको बतउनु भयो । पार्किङको व्यवस्थापन पनि उचित ढंगले गर्ने बताउनु भयो । दरबार मार्ग र ठमेलमा रात्रीकालीन व्यवसाय गर्ने व्यवसायीहरुले आन्तरिक सुरक्षा सेक्युरिटी कम्पनीहरुबाट तालिम प्राप्त व्यक्ति राख्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }