मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इरानव्दारा इजरायलमाथि आक्रमण

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशमा ठूलो युद्धको सम्भावना


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २, २०८१
  • 39
    SHARES
  • तस्बिर : बीबीसी

एजेन्सी। इरानले इजरायलमाथि आक्रमण थालेको छ । इजरायलले जवाफ दिने चेतावनी दिएको छ ।

इलरायलको स्थानीय समयअनुसार राति पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएको र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ ।

इरानले इजलायलमाथि लगातार ड्रोन आक्रमण गरेपछि विस्फोट भएको हो । इरानले प्रहार गरेका ड्रोन इजरायलको प्रतिरक्षा प्रणालीले नष्ट गरेको हो केही ड्रोन भने अमेरिकी सेनाले रोकि दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यही अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसस्थित इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि आक्रोसित इरानले इजरायलमाथी आक्रमण थालेको हो ।

इजरायल–हमास युद्धका बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभए पनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताएका छन् ।

इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }