मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ३, २०८१
  • 42
    SHARES

एजेन्सी । पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो । जहाँ गत ४८ घण्टामा प्रान्तका विभिन्न जिल्लाहरूमा भारी वर्षाका कारण चट्याङका घटनाहरूमा १७ जनाको ज्यान गएको थियो र अन्य ६ जना घाइते भएका थिए । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा चट्याङ र भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन् ।

पीडितहरूमा महिला र बालबालिका पनि छन् । मुसलधारे वर्षाले देशका केही भागहरूमा धेरै घरहरूलाई पनि क्षति पु¥याएको छ । अविरल वर्षाका कारण मुख्य सडक र राजमार्गमा पनि ट्राफिक जाम भएको छ । अधिकारीहरूले नागरिक र पर्यटकहरूलाई केही दिन प्रभावित जिल्लाहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । एनडीएमए र अन्य नागरिक विभागहरू र स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान शुरु गरेका छन् । यसअघि पाकिस्तानको मौसम विभागले सोमवारसम्म देशका केही भागमा मेघगर्जनसहित भारी वर्षा हुने अनुमान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }