मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसिसी पुरुष प्रिमियर कप

हङकङलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ३, २०८१
  • 41
    SHARES
काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
यो जितसँगै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि आसिफ शेखले १८ बलमा ४०, कुशल भुर्तेलले १९ बलमा ३२ रन जोड्दा कप्तान रोहित पौडेल २० बलमा २५ रनसहित तथा सन्दीप जोरा १७ बलमा १९ रनसहित अविजित रहे ।
बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्ताजाले एक-एक विकेट लिए ।
त्यसअघि ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनायो ।
हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन् ।
त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई÷दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }