सोमवार, बैशाख २४, २०८१

लगानी सम्मेलनमा ५२ देशका ६३४ जना आउने निश्चित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १२, २०८१
  • 26
    SHARES

काठमाडौं । वैशाख १६ र १७ गते हुने तय भएको लगानी सम्मेलनका लागि ५२ विदेशी मुलुकका ६३४ लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला सहभागी हुने निश्चित भएको छ ।

सरकारले सम्मेलनमा सहभागिताका लागि एक हजार नौ सयभन्दा बढी विदेशी सम्बन्धित व्यक्तित्वहरूलाई निम्तो पठाएकोमा मंगलबारसम्म ६३४ जनाले सहभागी हुने जवाफ पठाएका हुन् ।

तर, निम्तो स्वीकार गर्ने क्रम बाँकी रहेकाले यो संख्या अझै बढ्न सक्ने लगानी बोर्डले जनाएको छ । सहभागिताका लागि जवाफ पठाउनेमध्ये अधिकांश लगानीकर्ता र व्यावसायिक व्यक्ति छन् ।

लगानी सम्मेलनमा न्यूनतम एक हजार लगानीकर्ता, व्यावसायिक व्यक्ति, विज्ञ तथा सरोकारवाला उपस्थिति गराउने सरकारको लक्ष्य थियो । लक्ष्यअनुसार उपस्थिति हुने पक्का भएको छ । नेपालबाट सहभागी हुने ३८५ समेत जोड्दा एक हजार १९ व्यक्ति सम्मेलनमा उपस्थित हुने निश्चित भइसकेको छ  । यसमा अनलाइनबाट आफैँ नाम दर्ता गरेका थप लगानीकर्ता, उद्योगी, व्यावसायिक व्यक्ति तथा सरोकारवालाहरू थपिनेछन् । हाल अनलाइनबाट नाम टिपाएका आवेदकहरूको छनोट गर्ने काम पनि भइरहेको बोर्डले जनाएको छ ।

बोर्डको तथ्यांकअनुसार नेपालबाहेक चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आउँदैछन् । हालसम्म चीनका २६५, भारतका १४३ र अमेरिकाका ३३ जना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् ।

त्यस्तै जापानका २८, युकेका १४, बंगलादेश र युएईका १३/१३ र जर्मनीका १० जनाले सहभागिताको प्रतिबद्धता जनाएका छन् । दक्षिण एसिया र अस्ट्रेलियाबाट ९/९, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, अस्ट्रिया, रसिया र कोलम्बियाबाट तीन/तीनजना लगानीकर्ता, व्यावसायिक तथा सरोकारवालाले निम्तो स्वीकार गरेका छन् । यीबाहेक, क्यानडा, कुवेत, पोल्यान्ड, मेक्सिको, दक्षिण अफ्रिका, बेल्जियमलगायतका देशका लगानीकर्ताले पनि लगानी सम्मेलनको निम्तो स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }