सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशका प्रदेश प्रमुखव्दारा नयाँ सरकार गठनका लागि आव्हान

बैशाख २८ गते अपरान्ह ५ बजे सम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 24
    SHARES

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ०८१ बैशाख २८ गते अपरान्ह ५ बजे सम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको केदार कार्की नेतृत्वको सरकारलाई दिएको र्समर्थन ५२ जना सांसदहरुले फिर्ता लिएको, प्रदेश सभाको बैठकले संकल्प प्रस्ताव पारित गरी ३० दिन भित्र विश्वासको मत लिन आग्रह गरेको र प्रदेश सभा सचिवालयले मुख्यमन्त्री केदार कार्कीले बैशाख २५ गते सम्म विश्वासको मत नलिएको आधारमा नयाँ सरकार गठनका लागि आव्हान गरिएको जनाइएको छ ।

बुधवार नै विपक्षी दलहरु नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आव्हान गर्न माग गर्दै प्रदेश प्रमुख खापुङलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझेपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधान र कानुन अनुसार आवश्यक कार्य गर्ने बताउनु भयो ।

कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर र्राईले भने नयाँ सरकार गठनको आव्हान गरिए अदालत जाने बताउनु भएको छ ।

नयाँ सरकार गठनका लागि आव्हानसँगै बिहिवार नै नयाँ सरकारका लागि दाबी पेश गर्ने र प्रदेश सांसदहरुको उपस्थिति गराईने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }