शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त


  • माउन्टेन खबर
  • आइतवार, असार १७, २०८१
  • 209
    SHARES

पोखरा । नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: मन्त्री नियुक्त भएका छन् ।

सर्वोच्चबाट मुद्दा जितेर संसद छिरेका देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गत जेठ २८ गते माओवादीको निर्णयविपरीत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते देवकोटालाई पदमुक्त गरेका थिए ।

माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्च पुगेका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियतमा काम गर्न भनि आदेश भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)