बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेटवार्ता


  • माउन्टेन खबर
  • बुधबार, अशोज ९, २०८१
  • 153
    SHARES

जकार्ताः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलीलबीच भेटवार्ता भएको छ ।

इन्डोनेसियाको राजधानी जकार्तामा आयोजित एसिया प्यासिफिक क्षेत्रका स्वास्थ्य तथा वातावरण क्षेत्रका मन्त्रीहरुको १२ औं उच्चस्तरीय बैठक तथा पाँचौं मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि उच्चस्तरीय वार्ता थालेका हुन् ।

यसक्रममा मन्त्री पौडेलले माल्दिभ्सका मन्त्री खलीलसँग वार्ता गरेका हुन् । द्विपक्षीय वार्ताका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रमा सहयोग आदानप्रदानका बारेमा कुराकानी भएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले नेपालका चिकित्सकहरुले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको स्मरण गर्दै माल्दिभ्सको स्तरीय स्वास्थ्य सेवाको अनुभव नेपालका लागि उपयोगी भएको बताए । माल्दिभ्सका मन्त्री खलीलले नेपालका नागरिकले माल्दिभ्सको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै त्यहाँका मेडिकल अन्डरग्रयाजुएटलाई ग्रयाजुएट शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्न प्रस्ताव गरे । विगतमा माल्दिभ्सका नागरिक नेपालमा मेडिकल शिक्षा अध्ययन गर्दै आएका थिए ।

जवाफमा मन्त्री पौडेलले यसबारे आवश्यक तयारीपछि थप प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

एसिया प्रशान्त क्षेत्रका मन्त्रीहरुको बैठकमा मन्त्री पौडेलले बिहिबार सम्बोधन गर्ने तालिका छ ।

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे सम्बोधन गर्ने कार्यक्रम छ । उनी कार्यक्रमका लागि मंगलबार राती त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)