बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री लामाद्वारा भक्तपुर अस्पताल अनुगमन


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १५, २०८१
  • 130
    SHARES

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जस्तोसुकै विपद्मा पनि सहज उपचार सेवा उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन भक्तपुर अस्पताललाई निर्देशन दिएका छन् ।

आज भक्तपुर अस्पतालको मुख्यमन्त्री लामा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, प्रदेशका उद्योगमन्त्री सुकुमाया तामाङ्ग, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतको टोलीले भक्तपुर अस्पतालको स्थलगत निरिक्षण गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले अस्पतालको मेडिकल डाइरेक्टर डा। सुमित्रा गौतमलाई अस्पतालको सेवा सञ्चालनमा आवश्यक परेका प्राबिधिक सामग्री एवं अन्य सामान आवश्यक परे माग गर्न आग्रह गर्दै प्रदेश सरकारले त्यसको व्यबस्थापन गर्ने बताए ।

अनुगमनमा प्रदेशका स्वास्थ्यमन्त्री थापाले अस्पतालको निरीक्षणकै क्रममा निर्देशक डा. गौतमलाई बाढी, पहिरोलगायत विपद्मा आएका घाइते बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिए ।

प्रदेशमन्त्री थापाले भने, “यतिखेर देशभर विपद् परेको छ, विपद्मा जनतालाई सरकार भएको अनुभूति दिलाउनुपर्छ, त्यसैले बाढीपहिरोको विपद्मा परेर आएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गर्नु, बजेट अभाव भए प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्छ, उपचारमा कुनै कमी नगर्नुस् ।”

अपुग बजेट प्रदेश सरकारले व्यवस्थापन गर्ने बताउँदै उनले उपचारका लागि आवश्यक इक्युमेन्ट, प्राविधिक सामग्री, औषधि एवं औषधिजन्य सामग्रीलगायत अत्यावश्यकीय सामान प्रदेश सरकारले व्यवस्था गर्ने बताए ।

अस्पतालले आकस्मिक कक्ष, आइसियू, सिसियू, शल्यक्रिया कक्षलाई तयारी अबस्थामा राख्न र कुनै पनि महामारी जन्य रोगको सङ्क्रमणको अवस्था आएमा तत्कालै उपचार गर्न सक्नेगरी तयारी अवस्थामा व्यवस्थापन गर्न निर्देशक डा गौतमलाई आग्रह गरे ।

निर्देशक डा गौतमले पाँच शय्याको डायलोसिस कक्ष तयार पारेको बताउँदै त्यसका लागि आवश्यक मेसिन उपलब्ध गराइदिन आग्रह गरे । उनले डायलोसिस कक्ष, अस्पतालको आकस्मिक, आइसियू, सिसियू, शल्यक्रियालगायत विभिन्न कक्षका बारेमा मुख्यमन्त्री लामा, स्वास्थ्य मन्त्री थापालगायतको टोलीलाई जानकारी गराएका थिए । डा गौतमलाई मन्त्री थापाले तत्कालै प्रदेश सरकारले पाँच शैय्याको डायलोसिस मेसिन उपलब्ध गराउने बताए ।

अस्पतालकी निर्देशक डा गौतमले बाढीपहिरोको घाइतेसँगै कुनै महामारीजन्य सङ्क्रमण फैलिए तत्कालै उपचार गर्न सक्नेगरी जनशक्तिदेखि स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थालाई तयारी अवस्थामा राखेको बताए । निरीक्षणमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला लगायतले भक्तपुरको विपद्को अवस्थाबारे टोलीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)