काठमाडौँ – काठमाडौँको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक विदाको दिनमा पनि विरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ ।
सोमवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक विद्याको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पार्नुभएको हो । दसैँ, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती विदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताउनु भयो । उहाँले सार्वजनिक विद्याको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताउनु भयो । अस्पतालले दसैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिने गर्दछ । तर ती सार्वजनिक विद्याको दिनमा ओपिडी सेवा बन्द भए पनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुने गरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी पहिले नै प्रिपिएर भएर बस्छौँ ड्युटीमा रहेका कुनै पनि डाक्टरले बिदा नलिने भनेर । त्यो युनिट, जसले आजको ड्युटी गर्छ, फूलपातीमा, अष्टमी ड्युटी गर्छ । उहाँहरूले आफ्नो ग्रुपमा समयमै ड्युटीमा आउने, सकेसम्म बिदा नलिने, लिन परे रिप्लेस गरेर लिने । यसरी हामीले ह्युमन रिसोर्सलाई पनि मिलाएका छौँ । र, कर्मचारी प्रशासनलाई पनि हामीले यो कुरा अवगत गराएका छौँ । बच्चा कम चल्यो । मानौँ, बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो । अथवा अलि पेट दुखेजस्तो भयो । अव उहाँहरूलाई मलाई केही भयो कि भन्ने शङ्का लाग्यो भने उहाँहरूले विद्याको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाइरेक्टर आउन सक्नु हुन्छ । र, ठिक छ भनेर भिडियो एकसरे लगायतका गरेर बरु घर जान सकिन्छ । तर विद्याको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन । किनभने हामी ड्युटीमा कम्तीमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरू १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन् ।’
दसैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेक अन्य सार्वजनिक बिदाहरूमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ ।
निर्देशक डा. अधिकारीले विद्याको दिनमा पनि करिब १२ जना चिकित्सकहरूको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दसैँको ३ दिन, स्पेसली फूलपाती, अष्टमी र दशमी । यसपालि नवमी भएन । ३ दिन हामीले सार्वजनिक बिदा नै गरेका छौँ । यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ । र कुनै पनि बिरामीहरूले अस्पताल बिदा छ भनेर कुनै समस्या परेर अस्पताल बन्द छ भनेर घर बस्नुपर्ने अवस्था हुँदैन । किनभने उहाँहरूलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शङ्का लागेका उहाँहरू तुरुन्तै इमर्जेन्सीमा आएर त्यहाँ २४ घण्टा नै डाक्टरहरू हुनुहुन्छ । यस अस्पतालमा एमडी गरेका कम्तीमा ६ देखि ८ जना एमडी गरेका डाक्टरहरू बस्नुहुन्छ ।
त्यसले गर्दा उहाँहरूलाई अरू बेलामा जस्तै हामीले ओपिडीमा जस्तै सर्भिस दिनसक्छौं । अर्को कुरा के छ भने यो अस्पतालमा विद्याको दिनमा पनि सार्वजनिक विद्याको दिनमा दसैँको ३ दिन र तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन बाहेक अन्य दिनमा नेपाल सरकारले गरेको बिदाहरूमा पनि हामीले आधा दिन बिरामीहरूलाई कहिले काहीँ २, ३ दिनसम्म लगातार बिदा पर्ने, शनिवार पनि बिदा पर्ने हुनाले गर्भवती महिलाहरूलाई, सेवाग्राहीहरुलाई मर्का पर्ने भएर यस अस्पतालले पहिले देखि नै एउटा निर्णय गरेर हस्पिटल चाहिँ आधा दिन चलाउने भनेको भनेको १—२ बजेसम्म चलाउने । जसले गर्दा खेरी हामीले सेवाग्राहीहरूको इमर्जेन्सीमा भिड पनि कम भयो । र, ओपिडीमा आउने बिरामीहरू फर्केर जान पनि परेन । यसले गर्दा खेरी यहाँको सेवाग्राहीहरू चाहिँ अलि सन्तुष्ट देखेका छौँ । किनभने उहाँहरूलाई एउटा सेवा पनि राम्रो भयो । र, अर्को चाहिँ इमर्जेन्सीमा जुन बिरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपिडीका विरामी जम्मा भइदिने बित्तिकै उक्त बिरामीले वा इमर्जेन्सीका बिरामीले सेवा ढिलो पाउन सक्छ । लाइन बस्नुपर्ने हुन सक्छ । यसलाई सहजीकरण भएको छ । ’
अस्पतालमा हाल गर्भवती महिलाहरूको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको सङ्ख्या बढेर महिनामा करिब २ हजारको सङ्ख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताउनु भयो । —न्युज एजेन्सी नेपाल
