बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले स्वास्थ्य बिमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ : स्वास्थ्य मन्त्री पौडेल


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २२, २०८१
  • 141
    SHARES


काठमाडौंः
 स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गरेका छन् ।

दक्षिण एसिया जनसाङ्ख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रूपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे ।

भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसाङ्ख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । श्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो श्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रा देशका स्वास्थ्य सङ्कटसँग लड्न आफैँ पनि श्रोत बढाउने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

सङ्गठन सदस्य रहेका दक्षिण पूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र सङ्गठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरूले आन्तरिक श्रोत थप गर्नुपर्ने बताए ।

बैठकका क्रममा मन्त्री पौडेलले सङ्गठनका दक्षिण पूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए । त्यस क्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बिमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै सङ्गठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए । उनले सङ्गठन र नेपालका कतिपय स्वास्थ्य प्राथमिकता साझा भएको भन्दै नेपालका आधारभूत समस्या समाधानमा सङ्गठनसँग सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)