बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाँचबर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईंदै


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २, २०८१
  • 128
    SHARES

काठमाडौँ – भिटामिन ए तथा जुकाको औषधि आज र भोली मुलुकभरका पाँचबर्ष मुनिका बालबालिकालाई खुवाईंदैछ ।

सरकारले भिटामिन ए क्याप्सुल सन् १९९३ देखि र भिटामिन ए सँगै जुकाको औषधि सन् २००१ देखि अभियानकै रुपमा खुवाउन सुरु गरेको हो ।

६ महिनादेखि ५९ महिना उमेर समूहका सम्पुर्ण बालबालिका हरुलाई खुवाइने भिटामिन ए को क्याप्सुल र १ बर्षदेखि ५ बर्ष मुनिका बालबालिकालाई खुवाइने जुकाको औषधि अभियान अन्तर्गत खुवाइनेछ ।

यी औषधिले बालबालिकालाई कमजोर हुनबाट बचाउनुकासाथै लुलो लङ्गडो लगायतका शारीरिक अपाइता हुनबाट समेत रोक्छ ।

यसैगरि अरु रोगसँग लड्ने क्षमता बढाउनुकासाथै रतन्धो जस्तो घातक रोग हुनबाट समेत यसले रोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत् अर्धवार्षिक रुपमा कार्तीक र वैशाख महिनामा जुकाको औषधि र भिटामिन ए खुवाइने गरिन्छ । नेपाल सरकारले निशुल्क रुपमा यी औषधि बितरण गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)