बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २, २०८१
  • 176
    SHARES

चितवन-  जिल्लाको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ । नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको हो ।

नगरपालिकामा सोमबार आएको महावाणिज्यदूतको टोलीले प्रारम्भिक विषयमा छलफलसँगै रु २० करोडसम्मको अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाएको नगरप्रमुख लामाले जानकारी दिनुभयो । अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबीच निर्णय भएको छ । थप प्रक्रिया हामी अगाडि बढाउँदै छौँ ।”

राप्ती नगरपालिका समथर भूभाग र पहाडी क्षेत्रमा पर्दछ । यसको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ । उनीहरुको लागि अस्पताल अपरिहार्य रहेको छ । अतिविपन्न भएकाले टाढा उपचारको लागि जान कठिन हुने गरेको छ । भेटका अवसरमा महावाणिज्यदूत मीनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्नसक्ने सहयोगबारे चासो देखाउनुभएको लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)