मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपाले गर्‍यो कोशी प्रदेशका सभापति तिम्सिनालाई निलम्बन


  • माउन्टेन खबर
  • शुक्रबार, माघ ४, २०८१
  • 178
    SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ ।

उनले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए। सोही आधारमा उनलाई निलम्बन गरिएको रास्वपा कोशीका एक नेताले जानकारी दिए।

पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भने उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन्। शुक्रबार तिमिल्सिनालाई आयोगले पत्र पठाएर जानकारी दिएको हो।

‘तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनि मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१ । १०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४. १. ( ख ), नियम ४.१.१ (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराईन्छ । यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ,’ पत्रमा भनिएको छ ।

६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना मात्रै बैठकमा उपस्थित भएपछि कोरम नपुगेर कोशीको बैठक हुन सकेको थिएन। केन्द्रीय अनुशासन आयोगले मुकुललाई पार्टीमा पूर्ववत पुनःस्थापित गर्नुपर्छ भन्ने कोशी प्रदेशका सभापति तिमल्सिनाविरूद्ध कारबाही प्रक्रिया अघि बढाउन गएको आइतबार बैठक बोलाएको थियो।

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)