शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज


  • माउन्टेन खबर
  • बुधबार, माघ ९, २०८१
  • 125
    SHARES

काठमाडौँ – अमेरिकामा बसोबास गर्दै नेपाली सङ्गीतमा निरन्तर क्रियाशील गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शङ्कर ज्वालाको शब्द र विकास चौधरीको सङ्गीतमा तयार गरिएको यस गीतको सङ्गीत संयोजन सञ्जय हमालले गरेका छन् ।

गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।

म्युजिक भिडियोलाई शिव ढकालले छायाङ्कन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना सिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।

यस गीतको म्युजिक भिडियो नेपाली सङ्गीत प्रेमीहरूको बिचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको सङ्गीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)