बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत


  • माउन्टेन खबर
  • बुधबार, माघ १६, २०८१
  • 118
    SHARES

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्यमन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाउनुभएको हो ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै रु पाँच लाख पुर्याउने गरी तयारी गरिरहेको बताउँदै आउनुभएको छ । प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम रु पाँच लाखसम्म पुर्याउन सकिने आधार समावेश छन् ।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)