शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल भारत सम्बन्धमा कला संस्कृतिले समेत ठुलो योगदान गरेको छ: मन्त्री पाण्डे


  • माउन्टेन खबर
  • बुधबार, माघ २३, २०८१
  • 85
    SHARES

काठमाडौँ –  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पृथ्वी जोगाउनको लागि सन्तुलनको खोजी गरिनु पर्ने बताउनु भएको छ ।

बुधवारबाट राजधानीमा सुरु भएको नेपाल भारत रङ्ग महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो ।
विकासका नाममा भौतिक विकासलाई मात्र प्राथमिकता दिँदा पछिल्लो समय पृथ्वीमा विभिन्न समस्या देखिन थालेकोले पृथ्वी जोगाउन सन्तुलनको खोजी गरिनु पर्ने मन्त्री पाण्डेले बताउनुभएको हो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा समेत हिउँ देखिन छोड्नु निकै चिन्ताको विषय भएको बताउन भयो । नयाँ सन्तुलनको खोजी गर्न रङ्गकर्मीहरूले ठुलो योगदान दिन सक्ने उहाँ भनाइ थियो ।

उहाँले कलालाई सिमानाले रोक्न नसक्ने बत्ताउँदै नेपाल भारतको सम्बन्धमा कला संस्कृतिले समेत ठुलो योगदान गरेको दाबी गर्नु भयो । महोत्सवमा नेपाल र भारतका जम्मा छटा नाटक प्रदर्शन गरिने छ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)