शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २१, २०८१
  • 342
    SHARES

काठमाडौँ – नेपाली सांगीतिक क्षेत्रमा ब्लक हानको चर्चा पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्रमा एउटा गीतको निकै नै चर्चा भइरहेको छ।

करोडौ दर्शकले मन पराएका गायक समीर आचार्य यतिबेला निकै नै चर्चाका चुलीमा परेका छन्। समय सापेक्ष गाउने गायक समिर आचार्य यतिबेला ब्लक हान गीतबाट चर्चा बटुलिरहेका छन्।

म्युजिक भिडियो बलिउड स्टाइलको बनेको छ। गायक समीर भन्छन् म कुनै पनि गीतमा कम्प्रमाइज र भिडियोमा कम्प्रमाइज नगर्ने गायक हुँ l    पिचरोड गीतबाट चर्चा कमाएका गायक समिर आचार्य विदेशमा रहे पनि नेपाली गीतसंगीतलाई माया गर्ने श्रष्टा हुन्। उनी भन्छन् मेरो नयाँ गीत ब्लक हानले दर्शक श्रोताको मन जित्न सफल हुनेछ। लामो समयको अन्तरालपछि दर्शक माझ फेरि पनि उनी चर्चा बटुल्न सफल भएका छन्। शब्द संगीत गायन स्वयंको रहेको छ।

म्युजिक भिडियो ब्लक हान भने चर्चित कोर्योग्राफर/ डिरेक्टर बद्री बिष्टको रहेको छ। छायांकनमा र सम्पादन पवन सुस्लिङ रहेको छ। म्युजिक भिडियो ब्लक हान बद्रि बिष्ट सुनिल क्षेत्री र सलिना खत्री को अभिनय रहेको छ । । सोही म्युजिक भिडियो नेपमेलो नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)