शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पहिलोपटक एकसाथ सिरियलमा देखिए विनोद  र शितल ( भिडियो )


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ७, २०८१
  • 281
    SHARES

काठमाडौं – नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका छन्। यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन्। विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा चिनिएका राजले विगतमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘प्रहरी अनुरोध’ जस्ता सिरियलमा काम गरिसकेका छन्।

यस टेलिफिल्ममा नायक विनोद श्रेष्ठ, शितल केसी, अस्मिता बस्नेत, रामचन्द्र अधिकारी, कृष्ण केसी, नियुक्ति शेर्पा, सबिता थापालिया, गणेश खनाल, राज न्यौपाने, समिता रिजाल, दीपक सुनार, र कमला श्रेष्ठ (के.सी.) को अभिनय रहेको छ। कलाकार रोशनी सापकोटालाई  भाग २ बाट हेर्न सकिनेछ।

रामकृष्ण चौलागाईं र मन्दिप रानामगरले छायांकन गरेको यस सिरियललाई सुबाश देवकोटाले सम्पादन गरेका हुन्। ‘बाचा’का निर्देशक टेकेन्द्र कार्की हुन्।  ‘जुनेली भाउजु’, ‘सिताराम’ , ‘चिना’, ‘नाम्लो चुरिफुरि’  लगायत सिरियल निर्देशन गरेका कार्कीको निर्देशनमा बनेको यो  ९४औं सिरियल हो। “बाचा” को पहिलो भाग लाई ३ दिनमै १ लाख पल्ट हेरिएको छ र  दर्शकहरूबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

भिडियो लिंक: https://youtu.be/fb_Ru_Mn0pM?si=nmlbFtzcYJplyzO0

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)