मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २२, २०८२
  • 319
    SHARES

सुदूरपश्चिम –  भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच  भेटवार्ता भएको छ। आज लखनउमा भएको भेटवार्तामा मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीबीच देहरादूनमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषयमा छलफल भएको थियो । यस्तै मुख्यमन्त्री शाह र उत्तराखण्डका राज्यपाल गुरमित सिंहबीच समेत छुट्टै भेटवार्ता भएको थियो । मुख्यमन्त्री नेतृत्वको टोली आजै धनगढी फर्किने बताइएको छ । भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गते भारत भ्रमणमा गएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)