शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गायिका शान्ती श्री परियारको स्वरमा ’वनको तरुल’ सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २४, २०८२
  • 293
    SHARES
काठमाण्डौं –  चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै गइरहेको समयमा यस्ता गीत आउनु वास्तवमै नेपाली गीत संगीतको लागि अत्यन्तै सुन्दर पक्ष हो।। तर यस्ता गीतले सोचेजति दर्शक श्रोताको माया नपाउँदा सर्जकहरू वास्तवमा चिन्तित मुद्रामा पनि भेटिन्छ।।
वनको तरुल गीत विक्रमवाबु विश्वकर्माको शब्द/संगीतमा तयार भएको छ।। उक्त गीतलाई विक्रमवाबु विश्वकर्मा नामको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सुन्न सकिन्छ।। नन्दनी,लौननी भैया, डोरी बाटेर, देउन त्यो मन, कौवा करायो जस्ता दर्जनौं हिट गीत सिर्जना गरिसकेका विक्रमवाबु यसपालि भने वनको तरुल जस्तो मौलिक गीत सिर्जना गरेका छन्।

  उक्त गीतलाई विश्वास नेपालले संगीत संयोजन गरेका छन् । सुनिल भण्डारीको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा कमल भक्तको कोरियोग्राफी तथा निर्देशनमा रहेको गीतमा सरद एल जी , गोविन्द विवस र कृपा पौडेलको अभिनय रहेको छ । सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ ।।

गीतको पुरा भिडियो र्हेर्न तल क्लिक गर्नुहोस  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)