मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन आजदेखि


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १, २०८२
  • 249
    SHARES

दाङ- लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सभाको छैठौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम बैठक बस्न लागेको हो ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो ।

पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)