शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मिलन कुलुङले जिते लाङटाङ हाफ म्याराथनकाे उपाधि


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २५, २०८२
  • 239
    SHARES

रसुवा- लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् ।

लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथन काे उपाधि कुलुङले हात पारेका हुन ।

उक्त हाफ म्याराथनमा विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो भएकाे रसुवा नुवाकाेट पर्यटन समाजले बताएकाे छ ।

त्यस्तै कृष्ण सिं बोगटि चौथो र गोपाल तामाङ पाँचौ भएका थिए ।

महिला तर्फ सुनसरी रोकाया प्रथम लाक्पा निमा शेर्पा दाेस्राे र निर्मला राई तेस्राे भएकी छिन् ।

यस्तै चौथो आङपुर्बा शेर्पा र पाँचौ प्रिया राई भएको समाजका अध्यक्ष बलराम न्याैपानेले बताउनुभयो ।

तेस्राे पर्यटकीय पदमार्ग रहेको लाङ्टाङ क्षेत्रकाे पर्यटन प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उदेश्य ले लाङटाङ हाफ म्याराथन आयोजना गरिएकाे हाे ।

याे प्रतियाेगिताकाे आयाेजना रसुवा नुवाकोट पर्यटन समाजले गरेकाे हाे ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरि ६७ जनाले सहभागिता जनाएका थिए ।

म्याराथनमा प्रथम द्वत्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, पच्चतर हजार र पचास हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार रुपैयाँ पाउने छन् ।

लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)