काठमाडौँ – सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ ।
गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोक शैलीमा आधारित समसामयिक सन्देश बोकेको छ ।गीतका शब्द र सङ्गीत स्वयं सङ्गीत बडूवालले तयार गर्नुभएको हो ।
दीपक संगमबिगीतको सङ्गीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमा दीपकसंगम बिसी, मिराजविक्रम सिंह, सङ्गीता बडूवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जिसी र मिना बडूवालको अभिनय छ ।
मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकन र रङ्ग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएको छ ।
शैली, लय र प्रस्तुतीकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेष गरी देउडा गीत प्रेमी दर्शक–श्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतको भिडियो गायक रोशनको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
https://youtu.be/7AXLmpJxKcI?si=fymkj-udkZEauKJC
