शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लामा विरुद्धको अविश्वास प्रस्तावबाट दुई सांसद पछि हटे


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १४, २०८२
  • 365
    SHARES

मकवानपुर –  बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) विरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

सांसद मिना पराजुली र माया श्रेष्ठले मंगलबार बिहान संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई विश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएको बताउँदै संसदीय दलको नेतामा लामालाई समर्थन गर्ने स्पष्ट पारेका छन्।

विज्ञप्तिमा भनिएको छ, “अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेतामा बहादुर सिंह लामा (तामाङ)लाई समर्थन गर्ने व्यहोरा उल्लेख गरिएको छ ।

गत शुक्रबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा दर्ता भएको अविश्वास प्रस्तावमा २१ सांसदको हस्ताक्षर थियो ।  तर पराजुली र श्रेष्ठको फिर्तासँगै अब इन्द्रबहादुर बानियाँ पक्षमा १९ सांसद छन् भने लामा पक्षमा १८ सांसदको समर्थन देखिन्छ। संसदीय दलको नेताको बहुमतका लागि १९ मत आवश्यक हुँन्छ ।

यसबीच, आज बिहान १० बजे कांग्रेस संसदीय दलको बैठक बस्दैछ। सोमबार रातिसम्म नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद राजन के.सीको पहलमा चलेको औपचारिक तथा अनौपचारिक छलफलबाट ठोस निष्कर्ष ननिस्किएपछि आज पुनः  बैठक बस्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)