शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक जारी


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १४, २०८२
  • 113
    SHARES

हेटौंडा – बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।

निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी सुरू भएको बैठकमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल भईरहेको छ ।

बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति रहेको छ । बैठकको सुरुमा केन्द्रीय प्रतिनिधि पठाइएको पठाइएको पत्र पढेर सुनाइएको थियो ।

त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा उक्त प्रस्तावको पक्ष र  विपक्षमा मतविभाजन गरी निष्कर्ष निकालिने छ ।

यसअघि ९ साउनमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये सांसद माया श्रेष्ठ र मिना पराजुलीले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

बागमतीमा कांग्रेस सांसद ३७ जना रहेका छन् । जसमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)