रसुवा – चिनियाँ पक्षले चीन तर्फको भुभागमा केहि दिन भारी वर्षा हुने सूचना दिए पछि रसुवामा उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार सूचना जारी गरेर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।
जल तथा मौसम बिज्ञान बिभाग र चीनीयाँ पक्ष बाट समेत नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षाका कारण यस क्षेत्र बाट बहने लेन्दे र केरुङ खोलामा पानीको बहाव बढने अनुमान गरिएको हो ।
त्यसैले भोटेकाशी तथा त्रिशुली नदि छेउछाउका बस्तीहरूमा जोखिम बढेकाले स्थानीयवासीलाई सचेत रहन कार्यालयले जारी गरेको बिज्ञप्तीमा आग्रह गरिएको छ ।
