बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने


  • माउन्टेन खबर
  • बुधबार, साउन १५, २०८२
  • 228
    SHARES

हेटौँंडा- नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउनुहुन्छ, उहाँलाई समर्थन गर्ने जनाउनुभयो । उहाँले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)