शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज


  • माउन्टेन खबर
  • बिहिबार, साउन १६, २०८२
  • 270
    SHARES

काठमाडौं –  बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको आज शपथग्रहण हुँदैछ । मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो नियुक्त गरेका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई आज दिउँसो शपथ ग्रहण गराउने कार्यक्रम छ ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो १ बजेका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज मात्र हुन लागेको हो ।

संसदीय दलको निर्वाचनमा मुख्यमन्त्री लामा इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए । बानियाँले कांग्रेसका बहुमत प्रदेश सभा सदस्यहरु आफ्नो पक्षमा भएकाले लामालाई मुख्यमन्त्री पद त्याग्न दबाब दिँदै आएका छन् ।

तर लामाले संसदीय दलको नेताको हैसियत गुमाउँदैमा राजीनामा दिनु नपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)