शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँको दाबी पेस


  • माउन्टेन खबर
  • सोमवार, साउन २०, २०८२
  • 118
    SHARES

मकवानपुर – बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गइनुभएको छ ।

उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)को समर्थनसहित संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको हो । मुख्यमन्त्री बन्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। बागमती प्रदेशमा नेपाली काँग्रेसको ३७ र नेकपा एमालेको २७ सांसद रहेका छन् ।

दाबी पत्रमा काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले संयुक्त हस्ताक्षर गरेका छन् । यसअघि मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख कार्यालयले मङ्गलवार दिउँसो २ बजेसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)