काठमाडौं – नेपाल सरकारका सहसचिव मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ शहर’ सार्वजनिक भएको छ । पंगेनीकै शब्दमा तयार भएको उक्त गीतलाई दीपकराज विश्वकर्माले संगीत दिएका छन्।
गीतको भिडियोमा मनमाया पंगेनी र शिव पंगेनीको अभिनय रहेको छ। शिव नेपाल टेलिभिजनमा क्यामरा पर्सनको रुपमा समेत कार्यरत छन । गाउँदेखि शहरसम्मको परिवेशमा प्रस्तुत गरिएको यो तीजको गीत मनमाया पंगेनीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
