बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्याफ्रुबेसीदेखि टिमुरे सम्मको सडक सञ्चालनमा


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १३, २०८२
  • 502
    SHARES

काठमाडौँ- चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले गत साउन १४ गते क्षति गरेको  स्याफ्रुबेसी–रसुवागढी सडक खण्ड अन्तर्गत स्याफु्रबेसी देखि टिमुरे सम्मको सडक आजबाट संन्चालनमा आएको छ ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका अनुसार रोङ्गा खोला र मेदाङपुदुङको बीच भागमा सडक मर्मत तथा निमार्ण गरे संगै स्याफु्रबेसीदेखि टिमुरे सम्मको तेह् किलोमिटर सडक संन्चालनमा आएको हो ।

करिब एक महिनाको निरन्तर प्रयास पछि बाढीले कटान गरेको सडक सन्चालनमा आएको हो ।

टिमुरेदेखि चीन र नेपालको सिमाना रसुवागढी सम्म तीन किलोमिटर सडकमा भने स्याउपार्किङ र घट्ठेखोलाका दुई स्थानमा कटान गरेकाले भोलि देखि मर्मत तथा निमार्णको काम सुरु गरिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका इन्जिनियर रुपनारायण पौडेलले बताउनुभयो । उहाँका अनुसार भौगोलिक बिकटताले दुई स्थानमा सडक पुर्ननिर्माण सम्पत्र गर्न अझै कम्तिमा एक सातासम्म समय लाग्ने देखिएको छ ।

हाल स्याफु्रबेसी देखि टिमुरे सम्मको ट्र्याक खुलाउन मात्र सफल भएकोले तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारी पौडेले बताउनुभयो ।

यसैबीच नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फ बाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा बेलिबृज निमार्णका लागि चीनीयाँ पक्षले आफ्नो तर्फ फाउन्डेसनको कार्य सकि सकेको र नेपाल तर्फको काम सुरु गर्न लागेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले बताउनुभयो । तीब्र गतिमा काम गरि रहेकोले तोकेको समय भाद्र तीस गते अगाबै रसुवागढीमा बेलिबृज निमार्ण हुने उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)