मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन मन्त्रीमा विनायक शाह उपयुक्त व्यक्तित्व


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३१, २०८२
  • 228
    SHARES

काठमाडौँ  –विनायक शाह, होटल सङ्घ नेपाल (हान)का अध्यक्ष, नेपाली पर्यटन उद्योगमा तीन दशकभन्दा बढीको अनुभव बोकेका एक दूरदर्शी र राष्ट्र प्रेमी नेता हुन्। उनले आतिथ्य सेवा, संस्कृति र पर्यटन क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

कोभिड महामारीको सङ्कटमा उनले पर्यटन क्षेत्रलाई जोगाउन निर्णायक भूमिका खेले, हजारौँ रोजगारी बचाए र उद्योगको पुनः स्थापनाका लागि अग्रसर भए । उनको नेतृत्वमा हानले नेपाली संस्कृति, परम्परा र स्थानीय सम्पदालाई प्रवर्द्धन गर्न थुप्रै पहलहरू गरेको थियो।

शाहको विश्वास छ,‘हाम्रो पहिचान हाम्रो संस्कृति हो, र सम्भावना हाम्रो पर्यटन ।’ उनी समावेशी, दिगो र व्यावहारिक पर्यटन नीति निर्माणका लागि प्रतिबद्ध रहेको सुनाउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस्तै अनुभवी र जनमुखी नेतृत्व चाहिएको छ। शाहसँग यस क्षेत्रको गहिरो ज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र सुधारको स्पष्ट दृष्टिकोण भएकाले उनको नाम अगाडि छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)