मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड अभिनेता पंकज धीरको निधन


  • माउन्टेन खबर
  • बुधबार, अशोज २९, २०८२
  • 389
    SHARES

एजेन्सी-  चर्चित बलिउड अभिनेता पंकज धीरको निधन भएको छ । ६८ वर्षीय धीरले बी.आर. चोपडाको चर्चित धारावाहिक ‘महाभारत’ मा कर्णको भूमिका निभाएका थिए । उनी लामो समयदेखि क्यान्सरसँग संघर्ष गर्दै आएका थिए ।

पंकज धीरले हिन्दी चलचित्र र टेलिभिजन दुवै क्षेत्रमा उत्कृष्ट योगदान दिएका थिए । उनले ‘चन्द्रकान्ता’, ‘युग’, ‘द ग्रेट मराठा’ र ‘बढो बहू’ जस्ता टिभी शोजमा काम गरेका थिए । साथै उनी ‘आशिक आवारा’, ‘सड़क’, ‘सोल्जर’ र ‘बादशाह’ जस्ता फिल्महरूमा पनि देखिएका थिए ।

पंकजका छोरा निकीतीन धीर पनि अभिनेता हुन् । निकीतीनको विवाह अभिनेत्री कृतिक्का सेंगरसँग भएको छ ।

‘जुँगाका कारण छुट्यो अर्जुनको रोल’

पंकज धीरको पहिचान ‘महाभारत’ मा कर्णको भूमिकाबाट बन्यो । तर सुरुमा उनलाई यस धारावाहिकमा अर्जुनको भूमिका प्रस्ताव गरिएको थियो । निर्देशक बी.आर. चोपडाले उनलाई अर्जुनको किरदारका लागि बोलाएका थिए ।

पंकज तयार पनि थिए, तर केही दृश्यहरूमा महिलाको गेटअप लिनु पर्ने र जुँगा मुण्डन गर्नुपर्ने सर्त थियो । जुँगा मुण्डन गर्न नचाहेकाले उनले यो भूमिका अस्वीकार गरेका थिए । त्यसपछि अर्जुनको भूमिका फिरोज खानलाई दिइयो ।

केही महिनापछि निर्माताहरूले फेरि उनलाई कर्णको भूमिकाका लागि सम्पर्क गरे । त्यस बेला पंकजले पहिलो प्रश्न सोधे, “मलाई जुँगा मुण्डन गर्न त पर्दैन नि ?”
बी.आर. चोपडाले भने, “पर्दैन।”
त्यसपछि पंकजले खुशीसाथ यो भूमिका स्वीकार गरे ।

आँखामा तीर लागेको घटना

‘लहरें रेट्रो’ लाई दिएको अन्तर्वार्तामा पंकज धीरले खुलासा गरेका थिए कि ‘महाभारत’ को सुटिङका क्रममा उनको आँखामा तीर लागेको थियो । त्यसपछि उनको आँखाको सर्जरी गर्नुपरेको थियो ।

उनले भनेका थिए— युद्धका दृश्यहरू वास्तविक देखाउन बी.आर. चोपडाले असली भारी हतियारहरू प्रयोग गर्नुभएको थियो, जसका कारण धेरै कलाकारहरू सुटिङ सेटमै घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)