मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतको सहयोगमा निर्माण हुने परियोजनाको शिलान्यास


  • माउन्टेन खबर
  • बुधबार, पुस ९, २०८२
  • 222
    SHARES

काठमाडौँ-  भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ ।

उक्त भवनको मङ्गलबार काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सुलर अविनाशकुमार सिंह र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले संयुक्त रुपमा गर्नुभयो ।

सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयको भवन भारत सरकारको रु चार करोडभन्दा बढीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

नयाँ भवन तीन र आधा तलाको हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको छ र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामार्फत कार्यान्वयन गरिने बताइएको छ ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरुले नयाँ विद्यालय भवनका लागि भारत सरकारले प्रदान गरिरहेको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)