मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बलिउड सुपरस्टार सञ्जय दत्त काठमाडौंमा


  • माउन्टेन खबर
  • बिहिबार, पुस २४, २०८२
  • 175
    SHARES

काठमाडौं –  बलिउड सुपरस्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी एक पाँचतारे होटलमा सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा सञ्जय दत्तलाई होटल व्यवस्थापन पक्ष तथा आयोजकले स्वागत गरेका थिए । उनको आगमनसँगै विमानस्थल र होटल परिसरमा प्रशंसक तथा सञ्चारकर्मीको उल्लेख्य उपस्थिति देखिएको थियो ।

सञ्जय दत्तले काठमाडौं बसाइँका क्रममा क्यासिनो उद्घाटनसँगै केही सीमित सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको बताइएको छ । नेपाल भ्रमणका क्रममा उनी विशेष सुरक्षा व्यवस्थाबीच होटलमै बस्नेछन् ।

बलिउडका चर्चित अभिनेता दत्त यसअघि पनि विभिन्न अवसरमा नेपाल आइसकेका छन् । उनको पछिल्लो नेपाल आगमनले मनोरञ्जन तथा पर्यटन क्षेत्रलाई थप चर्चा र आकर्षण दिलाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)