शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशमा विद्यमान समस्या समाधानका लागि हामीलाई सहयोग गर्नुहोस्ः सभापति लामिछाने


  • माउन्टेन खबर
  • सोमवार, माघ ६, २०८२
  • 91
    SHARES

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा विद्यमान समस्या समाधानका लागि आफ्नो पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।

रास्वपाद्वारा आज जनकपुरधाममा आयोजित परिर्वतन उद्घोषसभामा उहाँले देशको विकास गर्ने सङ्कल्पसहित आफ्नो पार्टी अगाडि बढेको भन्दै सबैको सहयोग तथा सद्भाव आवश्यक रहेको बताउनुभएको हो ।

सभापति लामिछानेले आफ्नो पार्टी परिर्वतनको वाहक भएको जिकिर गर्दै त्यसका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा बहुमतका साथ विजयी गराउन अपिल गर्नुभयो । “हामी देश विकासको सङ्कल्पसहित अगाडि आएका छौँ । आउँदो निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए त्यो पूरा गर्न सहज हुनेछ”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले आफूविरुद्ध विगतका सरकारले धेरै मुद्दा तथा आरोप लगाएको भन्दै देश तथा जनताको मुद्दा बोकेको मानिसलाई अन्य मुद्दासँग मतलब नभएको धारणा राख्नुभयो । देशको हितलाई केन्द्रमा राखेका कारण आफू र बालेन साह एकठाउँमा आएको उहाँको भनाइ थियो ।

 

सभापति लामिछानेले आफू बालेन साहसँगको सहकार्यले निकै उत्साहित भएका र यसमा साथ दिन सबैलाई अपिल गर्नुभयो । कार्यक्रममा पूर्वस्वतन्त्र सांसद डा अमरेशकुमार सिंह, मधेस प्रदेशसभाका निवर्तमान सदस्य रहवर अन्सारीलगायतलाई पार्टीमा स्वागत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)