बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भाषा रुखो भएको स्वीकार्दै गृहमन्त्री गुरुङले मागे माफी


  • माउन्टेन खबर
  • बिहिबार, साउन २१, २०८३
  • 33
    SHARES

काठमाडौं –  गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभामा सांसदहरूसँग प्रश्नोत्तरका क्रममा प्रयोग गरेको अभिव्यक्तिप्रति क्षमायाचना गरेका छन्। आफ्नो प्रस्तुति अपेक्षाभन्दा रुखो र ठाडो भएको महसुस भएपछि उनले संसद्मै उभिएर माफी मागेका हुन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्री गुरुङले त्यसलाई छलफलको मूल विषयसँग असम्बन्धित भन्दै आपत्ति जनाएका थिए। सो क्रममा उनले सांसदहरूलाई उक्त विषयमा प्रश्न नगर्न चेतावनी दिएको भन्दै उनको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो।

आलोचनापछि पुनः बोल्दै गृहमन्त्री गुरुङले सांसदहरूप्रति सम्मान व्यक्त गर्दै आफ्नो शैली उपयुक्त नभएको स्वीकार गरे।

उनले भने, “हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। त्यसका लागि म क्षमाप्रार्थी छु, हजुरहरूसँग माफी पनि माग्न चाहन्छु।”

गुरुङले विपद् व्यवस्थापनसम्बन्धी छलफलका बीच निर्मला पन्त हत्या प्रकरण जोडिनु उचित नभएको आफ्नो धारणा दोहोर्याउँदै संसद्मा विषयवस्तुमै केन्द्रित भएर छलफल हुनुपर्ने बताए।

उनले विपद् व्यवस्थापन र निर्मला पन्त हत्या प्रकरणबीच प्रत्यक्ष सम्बन्ध नरहेको उल्लेख गर्दै संसद्को बहस निर्धारित कार्यसूचीअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)