काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई स्वागत गर्दै यसले वैधानिक तथ्य र राजनीतिक सत्य अझ स्पष्ट हुने बताएका छन्।
शर्माले संक्षिप्त टिप्पणी गर्दै यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले रिट खारेज गरी मुद्दाको न्यायिक निरूपण गरिसकेको स्मरण गराएका छन्।
उनका अनुसार पुनरावलोकनमा जानु आवश्यक नभए पनि अब हुने पुनः परीक्षणले विशेष महाधिवेशनको वैधानिक पक्ष र राजनीतिक यथार्थलाई थप फराकिलो ढंगले उजागर गर्न सहयोग पुग्नेछ।
उनले नेपाली कांग्रेस संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्य सम्मानित सर्वोच्च अदालतसमक्ष पुनः प्रस्तुत गर्न पूर्ण रूपमा स्पष्ट, खुला र तत्पर रहेको पनि बताएका छन्।
