बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रेशम चौधरीको उम्मेदवारी खारेज


  • माउन्टेन खबर
  • बिहिबार, माघ ९, २०८२
  • 100
    SHARES

काठमाडौँ –  कैलाली–१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनीविरुद्ध दर्ता भएको उजुरीको छानबिन गरेपछि यो निर्णय गरेको हो।

निर्वाचन अधिकृत देवराज भारतीले आदेशमा उल्लेख गरेअनुसार, जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी दिइएको भए पनि, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार माफीले अदालतको फैसला बदर हुँदैन। साथै, निर्वाचन आयोगको मिति २०८०।११।२४ को निर्णय अनुसार रेशम चौधरी राजनीतिक दलको सदस्य बन्न पनि अयोग्य छन्।

चौधरीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको रूपमा मुद्दा दर्ता गरिएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ मा उनलाई दोषी ठहर गरेको थियो।

कैद भुक्तानीका लागि उनी डिल्लीबजार कारागारमा राखिएका थिए। सरकारले १५ वर्ष कैद माफी गर्ने सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिएर उनलाई रिहा गरेका थिए। गणतन्त्र दिवसको अवसरमा, २०८० जेठ १५ गते चौधरी रिहा भएका थिए। उनी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका हुन्।


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)