शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने कांग्रेसको निर्णय


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १०, २०८२
  • 152
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले थापालाई आगामी दिनका लागि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

 

उनका अनुसार मुलुकमा देखिएको जेन–जी विद्रोह र परिवर्तनको मागलाई सम्बोधन गर्न आवश्यक योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा थापालाई अघि सारिएको हो।

शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार अन्य दलहरूले प्रस्ताव गरेका उम्मेदवारभन्दा योग्य र सक्षम रहेको दाबी गरे।

उनले वर्तमान राजनीतिक परिस्थितिमा देशलाई स्थिरता, सुशासन र समावेशी विकासतर्फ लैजान थापाको नेतृत्व उपयुक्त हुने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)