बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १०, २०८२
  • 215
    SHARES

काठमाडौँ –  नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरीले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन्।

चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रूपमा आफ्नो उम्मेदवारी रद्द गरेको दाबी गर्दै कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्ने अधिकार पाउनुपर्ने पनि अनुरोध गरेका छन्।

 

उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ।

निर्वाचन अधिकृतले जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कैद र कसुरको अभिलेख भएकाले चौधरीको उम्मेदवारी रद्द गरिएको जनाएको थियो। चौधरीले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)