बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसलाई ठुलो दल बनाउन मधेशबाट उम्मेदवारी दिएँ- सभापति थापा


  • माउन्टेन खबर
  • शनिबार, माघ ११, २०८२
  • 200
    SHARES

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफूले मधेशबाट उम्मेदवार बनेको बताउनु भयो ।

काठमाडौँमा आयोजना गरिएको सर्लाही-४ का मतदाताहरुसँगको छलफलमा सभापति थापाले आफू मधेश नझरी कांग्रेस ठुलो पार्टी बन्न नसक्ने बुझाइका साथ सर्लाही चारबाट उम्मेदवारी दिएको बताउनु भयो ।

थापाले  काठमाडौं-४ मा आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै आफ्नो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने कुराको टुङ्गो नलागेसम्म अरू प्रतिस्पर्धी पार्टीहरूले उम्मेदवार बन्ने मान्छे नपाएको बताउनु भयो।

”म काठमाडौं नलड्ने भनेपछि मात्रै नयाँ होस् वा पुरानो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता भयो। मैले यसअघि तीन पटक चुनाव जितिसकेको थिएँ, मलाई सजिलो अवस्था थियो। ‘मैले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन। तर म आफैँले चाहिँ जानेर बुझेर नै सर्लाही ‍-४ रोजेको हुँ। मैले अघिल्लो पटक नै मधेश झर्न चाहेको थिए। अहिले आँट गरेर आएको हुँ।’ सभापति थापाले भन्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)