बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नयाँ दल प्रतिको ओलीको टिप्पणी: भोलि उठी कहाँ जाने केही थाहा छैन !


  • माउन्टेन खबर
  • शनिबार, माघ ११, २०८२
  • 234
    SHARES

काठमाडौं –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ आएका राजनीतिक दलहरूसँग भोलिको भविष्य अन्योल रहेको बताउनु भएको छ ।

शनिबार पार्टी मुख्यालय च्यासलमा शेयर कारोबारी दीपेन्द्र अग्रवालसहितका उद्योग व्यवसायीहरू नेकपा एमालेमा प्रवेश गराउदै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

कार्यक्रममा नारायणगोपालको गित स्मरण गर्दे ओलीले भन्नुभयो ‘सायद नारायणगोपालले गाउनुभएको होला, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्कि आउने हो कि होइन केही थाहा छैन।’

उहाँले भन्नुभयो ‘उहाँ (नयाँ दल) हरूको यात्रा त्यस्तै हो । भोलि कहाँ जाने त्यो पनि थाहा छैन, भोलि कहाँ जाने त्यो पनि थाहा छैन ।’

ओलीले एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि अथक प्रयास गरिरहेको बताउनु भयो । उहाँले नयाँ भन्नेहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ति जनाउदै अहिले देश बनाउने र जलाउनेबीचको लडाइँ चलिरहेको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)